काठमाण्डु, १७ मंसिर- प्रधानमन्त्री केपी ओली आज उत्तर छिमेकी चीनको औपचारिक भ्रमणमा जाँदैछन् । गत अन्तिम असारमा प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्री ओली झण्डै ९० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्वको गर्दै बिहान ११ बजे चीनको राजधानी बेइजिङ उड्नेछन् ।...
बझाङ, १७ मंसिर- बझाङको सुर्मा गाउँपालिका- ४ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लखीचन्द्र बोहराले ४ सय ८७ मत ल्याए । २०७९ को स्थानीय तह निर्वाचनमा...
मोरङ, १७ मंसिर- मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रले जितेको छ । माओवादीका नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३ सय ३३ मत ल्याए । यस्तै एमालेका तुलसीराम विश्वासले...
ताप्लेजुङ, १७ मंसिर- ताप्लेजुङको शिरिजंघा गाउँपालिका ३ को वडाअध्यक्षमा एमाले विजयी भएको छ । एमालेकी कुमारी सावादेन ३ सय ५३ मतसहित विजयी भएकी हुन् । माओवादी केन्द्रकी अम्बी साउदेनले २ सय ५१ मत ल्याइन् । कांग्रेसका भीमकुमार लक्सम्वाले २ सय १८ र राष्ट्रिय स्वतन्त्र...
जाजरकोट, १७ मंसिर- जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ माओवादीकी देवका लामिछाने ४ हजार २ सय ७२ मतसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत ल्याइन् । यस्तै एमालेकी सुनिता बोहराले...
जनकपुर, १७ मंसिर- धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका सुनिलकुमार केवट ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरे । यस्तै जसपाका अजयकुमार यादवले...
जाजरकोट, १७ मंसिर-जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रले अरु उम्मेदवारको तुलनामा फराकिलो अग्रता बनाएको छ । माओवादी उम्मेदवार देवका लामिछाने प्रतिस्पर्धीभन्दा करिब १ हजार मतले अगाडि छन् । वडा नम्बर १ देखि ७ सम्मको मतगणना सकिँदा लामिछानेले २ हजार ७ सय २१ मत...
बर्दिया, १७ मंसिर- बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ को वडाध्यक्ष नेपाली काँग्रेसले जितेको छ । काँग्रेस उम्मेदवार अमिन थारू १ हजार ४३ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शेरबहादुर थारूले ६ सय ७८ मत पाए । यस्तै एमालेका...
काठमाण्डु, १७ मंसिर- काठमाण्डुको कीर्तिपुर नगरपालिका १ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् । महर्जन ५६२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरे । माओवादी केन्द्रका सरलगोपाल महर्जनले १ सय ७३...
बाजुर, १७ मंसिर- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेकी सुलोचना भण्डारी १ हजार ७ सय ४० मतसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ र एकीकृत समाजवादीकी जपा शाहीले ५ सय...
दैलेख, १७ मंसिर- दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६ सय ७५ मत पाएका छन् । माओवादीका केन्द्रका दजंगबहादुर बरालले ८ सय...
उदयपुर, १७ मंसिर- उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाअध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राई ९ सय २३ मतसहित विजयी भएका हुन् । राईका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीनाराण चौधरीले ६ सय ८ मत प्राप्त गरे...