बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्षमा एमाले विजयी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ७:०६ मा प्रकाशित

बाजुर, १७ मंसिर- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी भएको छ ।

एमालेकी सुलोचना भण्डारी १ हजार ७ सय ४० मतसहित विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ र एकीकृत समाजवादीकी जपा शाहीले ५ सय ५३ मत ल्याइन् ।

उक्त गाउँपालिकामा माओवादी केन्द्रकी उम्मेदवारले एमालेलाई समर्थन गर्दै उम्मेदवारी निस्क्रिय पारेकी थिइन् ।

तर, माओवादी केन्द्रले केन्द्रको नीतिविपरीत उम्मेदवारी फिर्ता लिएको भन्दै एकीकृत समाजवादीलाई समर्थन गरेको थियो ।
२०७९ सालको निर्वाचनमा उक्त गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् ।

हाल उपाध्यक्ष निर्वाचित भण्डारी त्यतिबेला पराजित भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us