काठमाण्डु, १७ मंसिर- प्रधानमन्त्री केपी ओली आज उत्तर छिमेकी चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
गत अन्तिम असारमा प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
प्रधानमन्त्री ओली झण्डै ९० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्वको गर्दै बिहान ११ बजे चीनको राजधानी बेइजिङ उड्नेछन् ।
चीन जान उनका लागि हिमालय एयरलाइन्सको जहाज चार्टर गरिएको छ ।
ओलीले सोमबार चिनियाँ समकक्षी ली खछ्याङसँग द्विपक्षीय भेटवार्ता गर्दैछन् । दुई प्रधानमन्त्रीबीचको भेटमा महत्वपूर्ण समझदारीमा हस्ताक्षर गर्ने तय भएको ओलीको निजी सचिवालयले जनाएको छ ।
ओलीले सोमबारै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेट कार्यतालिका छ । ओलीले १९ मंसिरमा पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन् ।