त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा फराकिलो मतान्तरले माओवादी निर्वाचित

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ६:४६ मा प्रकाशित

उदयपुर, १७ मंसिर- उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाअध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राई ९ सय २३ मतसहित विजयी भएका हुन् ।
राईका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीनाराण चौधरीले ६ सय ८ मत प्राप्त गरे । यस्तै कांग्रेसका सन्जिव काफ्लेले ३ सय ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७९ मा उक्त कांग्रेसले जितेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us