बर्दियाको ठाकुरबाबा-४ मा काँग्रेस विजयी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ७:२३ मा प्रकाशित

बर्दिया, १७ मंसिर- बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ को वडाध्यक्ष नेपाली काँग्रेसले जितेको छ ।

काँग्रेस उम्मेदवार अमिन थारू १ हजार ४३ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शेरबहादुर थारूले ६ सय ७८ मत पाए ।

यस्तै एमालेका विष्णुप्रसाद देवकोटाले ३ सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारूले ७०, राप्रपाका रत्नबहादुर शाहीले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वासुदेव शर्माले १७ मत प्राप्त गरे ।
२०७९ को निर्वाचनमा पनि उक्त वडा काँग्रेसले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us