ताप्लेजुङ, १७ मंसिर- ताप्लेजुङको शिरिजंघा गाउँपालिका ३ को वडाअध्यक्षमा एमाले विजयी भएको छ ।
एमालेकी कुमारी सावादेन ३ सय ५३ मतसहित विजयी भएकी हुन् ।
माओवादी केन्द्रकी अम्बी साउदेनले २ सय ५१ मत ल्याइन् ।
कांग्रेसका भीमकुमार लक्सम्वाले २ सय १८ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ७ ल्याए । उक्त वडामा २०७९ को निर्वाचनमा कांग्रेसका दिलप्रसाद वोखिमले जितेका थिए ।