नलगाडको उपाध्यक्षः माओवादीले ०७९ मा काँग्रेसलाई दियो, अहिले खोस्यो

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ८:३४ मा प्रकाशित

जाजरकोट, १७ मंसिर- जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ
माओवादीकी देवका लामिछाने ४ हजार २ सय ७२ मतसहित विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत ल्याइन् ।
यस्तै एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४२, रास्वपाकी पार्वती पुनले १ सय ७९, राप्रपा नेपालकी सुनिता पुन रावलले ५८ र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत पाएका छन् ।
२०७९ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन् । स्थानीय तहमा काँग्रेससँग गठबन्धन गरेको माओवादीले त्यतिबेला उपप्रमुख काँग्रेसलाई छाडेको थियो । अध्यक्षमा माओवादीका डम्मरबहादुर रावत निर्वाचित भएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us