एमालेबाट काँग्रेसले खोस्यो सुर्मा-४ को अध्यक्ष

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ९:०४ मा प्रकाशित

बझाङ, १७ मंसिर- बझाङको सुर्मा गाउँपालिका- ४ को अध्यक्षमा कांग्रेस विजयी भएको छ ।

कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लखीचन्द्र बोहराले ४ सय ८७ मत ल्याए ।

२०७९ को स्थानीय तह निर्वाचनमा उक्त वडाको अध्यक्षमा एमालेका सर्जनबहादुर बोहरा विजयी भएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us