अघिल्लो निर्वाचनमा तेश्रो भए, यसपटक काँग्रेसको गढ भत्काएर निर्वाचित भए माओवादी युवा

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ७:५१ मा प्रकाशित

जनकपुर, १७ मंसिर- धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादीका सुनिलकुमार केवट ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरे ।

यस्तै जसपाका अजयकुमार यादवले ४ सय ९९, एमालेका प्रमोदकुमार यादवले ३ सय ६५ ल्याए ।
वडाअध्यक्ष निर्वाचित केवट ०७९ को स्थानीय निर्वाचनमा तेश्रो भएका थिए ।

उक्त वडाको अध्यक्षमा ०७४ र ०७९ दुवैमा काँग्रेसका विश्वनाथ यादव निर्वाचित भएका थिए । यादवको ३१ जेठ २०८१ मा निधन भएपछि उक्त वडामा आइतबार उपनिर्वाचन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us