कीर्तिपुर-१ को अध्यक्षमा चार महर्जन भिडे, काँग्रेसका महर्जनले जिते

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर- काठमाण्डुको कीर्तिपुर नगरपालिका १ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् ।
महर्जन ५६२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरे ।

माओवादी केन्द्रका सरलगोपाल महर्जनले १ सय ७३ र स्वतन्त्र उम्मेदवार विनोदकुमार महर्जनले ९८ मत ल्याए ।
२०७९ को स्थानीय निर्वाचनमा पनि उक्त वडामा कांग्रेसले विजयी भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us