काठमाण्डु, १८ मंसिर– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले स्वागत गरेका छन् । लीले बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुलमा’ मंगलबार बिहान ओलीको स्वागत स्वागत गरेका हुन् । त्यस क्रममा ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ दिएको...
काठमाण्डु, १८ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । लामिछानेलाई मंगलबार बुद्ध एयरको जहाजमार्फत काठमाण्डुबाट चितवन लगिएको हो । यसअघि कालिमाटीस्थित स्वर्णलक्ष्मी बतथ तथा ऋण सहकारीको रकम अपचलन सम्बन्धमा बयानका लागि उनलाई १३ मंसिरमा पोखराबाट काठमाण्डु ल्याइएको...
काठमाण्डु, १८ मंसिर– दक्षिण एवं मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार लु आगामी ३ डिसेम्बरदेखि नेपालसहित भारत र श्रीलंकाको साताव्यापी भ्रमणमा निस्कनेछन् । नेपालमा उनले राजनीतिक दलका शीर्ष तथा युवा पुस्ताका नेतासँग भेट्ने...
काठमाण्डु, १८ मंसिर– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छन् । तिमल्सिना १ हजार ६ सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५ सय ९४ मत प्राप्ती गरिन् । यस्तै...
उदयपुर, १७ मंसिर– उदयपुरको बेलका नगरपालिका ९ को वडाअध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५ सय ५९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहन खड्काले ५ सय २५ मत प्राप्त गरे ।यस्तै कांग्रेसका नवराज बस्नेतले...
उदयपुर, १७ मंसिर– उदयपुरको बेलका नगरपालिका ९ मा रोकिएको मतगणना फेरि सुरू भएको छ । उक्त वडामा माओवादी केन्द्रले सुरूआती अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे २ सय १८ मतसहित अगाडि छिन् । एमालेका मोहन खड्का १ सय ८७ मतसहित पछ्याइरहेका...
काठमाण्डु, १७ मंसिर– दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । एमाले उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा २ हजार ८ सय ५ मतसहित विजयी भएकी हुन् । सुरुदेखि नै अग्रता कायम गरेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार निम लेकी शेर्पालाई पछि पार्दै अन्तिम समयमा...
काठमाण्डु, १७ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट ऋण नलिएको इन्कारी बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले उनीसँग शुक्रबार, आइतबार र सोमबार गरी तीन दिन लगातार बयान लिएको थियो । स्वर्णलक्ष्मी...
काठमाण्डु, १७ मंसिर– काठमाण्डुको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । सोमबार साँझ सार्वजनिक अन्तिम परिणामअनुसार काँग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् । डंगोलले ५ हजार ५ सय ६ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डा. शिवशरण महर्जनले...
काठमाण्डु, १७ मंसिर– हिजो आइतबार भएको उपनिर्वाचन अन्तर्गत कीर्तिपुरको मतगणना जारी छ । याहाँको मेयर पदमा सुरु देखिनै नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् । डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा...
काठमाण्डु, १७ मंसिर– हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रको अग्रता कायमै राखेको छ । आज सोमबार साँझ ६ः २० बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ९४८ मतसहित अग्रता लिईरहेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ । यसैगरी नेपाली...
काठमाण्डु, १७ मंसिर– चीन भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११...