कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै एमाले

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १८:३९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– हिजो आइतबार भएको उपनिर्वाचन अन्तर्गत कीर्तिपुरको मतगणना जारी छ । याहाँको मेयर पदमा सुरु देखिनै नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा डंगोल ६५९ मतले अगाडि छन् ।

एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् ।

गएको स्थानीय तहको निर्वाचमा याहाँ कांग्रेस उम्मेदवार विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us