उदयपुरको बेलका-९ मा ०७९ मा चौथो भएर लज्जाजनक हार खेपेको माओवादी यसपटक विजयी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते २३:२१ मा प्रकाशित

उदयपुर, १७ मंसिर– उदयपुरको बेलका नगरपालिका ९ को वडाअध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५ सय ५९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहन खड्काले ५ सय २५ मत प्राप्त गरे ।यस्तै कांग्रेसका नवराज बस्नेतले ४ सय ४, जसपाका राजकुमार राईले २ सय ७ र रास्वपाका तेजमान विशवकर्माले १ सय १३ मत ल्याए ।
उक्त वडामा गत ०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका पदमबहादुर खड्का ६ सय ७१ मतसहित विजयी भएका थिए । एमालेका रणजित राई ५ सय ४८ मतसहित दोश्रो र जनता समाजवादी पार्टी नेपालका राजकुमार राई २ सय ३१ मतसहित तेश्रो हुँदा माओवादी केन्द्रका हरिबहादुर श्रेष्ठ जोशी जम्मा १ सय ७६ मतसहित चौथो भएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us