दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते २२:१७ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ ।
एमाले उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा २ हजार ८ सय ५ मतसहित विजयी भएकी हुन् ।
सुरुदेखि नै अग्रता कायम गरेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार निम लेकी शेर्पालाई पछि पार्दै अन्तिम समयमा उनी विजयी भएकी हुन् ।
माओवादीकी शेर्पाले २ हजार ६ सय मत प्राप्त गरिन् । कांग्रेसकी पासदिकी तामाङले १ हजार ७ सय २७ मत ल्याएर तेश्रो भइन् । राप्रपाकी मनकुमारी श्रेष्ठले १ सय १८ र रास्वपाकी गोमा श्रेष्ठले १ सय मत पाइन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा गौरीशंकरको उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us