काठमाण्डु, १८ मंसिर– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले स्वागत गरेका छन् ।
लीले बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुलमा’ मंगलबार बिहान ओलीको स्वागत स्वागत गरेका हुन् ।
त्यस क्रममा ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ दिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
त्यसलगत्तै दुई प्रधानमन्त्रीबीत औपचारिक भेटवार्ता सुरू भएको छ । वार्तापछि विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यसूची छ । ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिmङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
८७ सदस्यीय जम्बो टोली लिएर ओली सोमबार बेइजिङ पुगेका थिए । ओली २० मंसिरमा स्वदेश फर्कनेछन् ।