प्रधानमन्त्री बालेन र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाण्डु टुडे २०८३ असार ३२ गते १६:११ मा प्रकाशित

काठमाण्डू, ३२ असार– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

भेटवार्ताको क्रममा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी रहेको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us