काठमाण्डू, ३२ असार– प्रहरीले डोल्पाबाट स्रोत नखुलेको रकमसहित दुई जना लाई पक्राउ गरेको छ । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त रकमसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोटरसाइकलमा सवार ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया रहेको प्रहरीले जनाएको छ । उनीहरुले बोकेको झोलामा उक्त रकम फेला परेको सशस्त्रले जनाएको छ ।
भेरी करिडोर सडकखण्ड अन्तर्गत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रसाशन कार्यलयको प्रतिनिधिसहितको संयुक्त टोलीले चेकप्वान्ट खडा गरी जाचँ गरेको थियो । सोही क्रममा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवैजनालाई बरामद रकमसहित आवश्यक अनुसन्धानको लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको र आवाश्क अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।