प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच भेटवार्ता

काठमाण्डु टुडे २०८३ असार ३२ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, ३२ असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेटवार्ता भएको प्रधनमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

भेटमा उनीहरूबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us