काठमाण्डू, ३२ असार– नुवाकोटको त्रिशूली बजार नजिक नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेका छन । आज (बिहिबार) दिउँसो ०१ः १० बजेको समयमा नयाँ पुलबाट बिदुर नगरपालिका–१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती हामफालेर बेपत्ता भएको खुलेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी र सशस्त्र प्रहरीको टोली खटिसकेको नुवाकोट प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।