हुम्लाको सर्केगाडमा यसअघि काँग्रेस समर्थनमा जितेको माओवादी यसपटक एक्लै जित्यो

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते ५:५६ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छन् ।

तिमल्सिना १ हजार ६ सय ३६ मतसहित विजयी भएकी हुन् । उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५ सय ९४ मत प्राप्ती गरिन् ।

यस्तै एमालेकी जाना शाहीले १ हजार १ सय ३२, राप्रपाकी संगीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत ल्याए ।

०७९ को स्थानीय तह निर्वाचनमा पनि सो पालिकाको उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । त्यतिबेला काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

माओवादीबाट उपाध्यक्ष निर्वाचित चन्द्रसिंह कार्कीको गत ४ भदौमा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us