रवि लामिछानेद्वारा स्वर्ण लक्ष्मीबाट ऋण नलिएको इन्कारी बयान

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते २१:४९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट ऋण नलिएको इन्कारी बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले उनीसँग शुक्रबार, आइतबार र सोमबार गरी तीन दिन लगातार बयान लिएको थियो ।
स्वर्णलक्ष्मी बचत रकम अपचलन गरेको कसुरमा प्रहरीले काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट बयानका लागि १३ मंसिरमा काठमाण्डु ल्याइएको हो ।
जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसन्धान अधिकृत हरि खतिवडाले लामिछानेसँग बयान लिएका थिए । लामिछानेलाई ७५ वटा प्रश्न सोधिएको थियो ।

उनले आफू सरकारीबाट ऋण लिने कुनै पनि प्रक्रियामा सामेल नरहेको र ऋण पनि नमागेको बयान दिएका छन् । सहकारीको सावाँ ब्याजका लागि काटिएको चेकको प्रतिलिपी भेटिएको विषयमा उनले सधैं कार्यालयमा नहुने भएकाले कतिपय अवस्थामा भुक्तानी दिनका लागि खाली चेकमा हस्ताक्षर गरेर राख्ने गरेको बताए । गोर्खा मिडिया ग्रुपका अध्यक्ष जिबी राई नै अध्यक्ष रहेको उक्त सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।

लामिछानेले ऋण ल्याउने जिम्मेवारीमा आफू नरहेकाले त्यसबारेशजिबी राईलाई नै थाहा हुने बताएका छन् । फरक प्रसंगमा उनले आफूले चढेको गोर्खा मिडियाको गाडी राजनीतिमा आउने भएपछि भिटीमै छाडेर हिंडेको प्रष्टीकरण दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us