एमसीसी पारित गराउन जोडबल गरेका अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते ९:११ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– दक्षिण एवं मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार लु आगामी ३ डिसेम्बरदेखि नेपालसहित भारत र श्रीलंकाको साताव्यापी भ्रमणमा निस्कनेछन् ।
नेपालमा उनले राजनीतिक दलका शीर्ष तथा युवा पुस्ताका नेतासँग भेट्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको भ्रमण पर्यावरण संरक्षण, महिला सशक्तीकरण तथा नेपालको विकास र समृद्धिमा सहयोग बढाउने लगायत विषयमा केन्द्रित हुने बताइएके छ ।

सहायक विदेशमन्त्री लुले अमेरिकी सहायताको मिलेनियम ञ्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अगाडि बढाउने सिलसिलामा यसअघि तीनपटक नेपालको भ्रमण गरिसकेका छन् ।

पछिल्लोपटक उनले गत वर्षको असार अन्तिममा पनि नेपालको भ्रमण गरेका दिए । एमसीसी संसदले पारित गर्नुअघि उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद् गेरका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us