काठमाण्डु, १७ मंसिर– हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रको अग्रता कायमै राखेको छ ।
आज सोमबार साँझ ६ः २० बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ९४८ मतसहित अग्रता लिईरहेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।
यसैगरी नेपाली कांग्रेसकी सविता बुढाले ८६७ मत पाएकी छन् भने नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ६४१ मत प्रप्त गरेकी छन ।
यस्तै राप्रपा उम्मेदवार संगीता शाहीले ३६ र रास्वपा उम्मेदवार बाँचा बुढाले १२ मत पाएका छन् ।
०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाउनु भएको थियो।