कीर्तिपुरको मेयरमा काँग्रेस विजयी, माओवादी दोश्रोमा उक्लिँदा एमाले तेश्रोमा खुम्चियो

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते २१:२७ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– काठमाण्डुको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

सोमबार साँझ सार्वजनिक अन्तिम परिणामअनुसार काँग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् । डंगोलले ५ हजार ५ सय ६ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डा. शिवशरण महर्जनले ५ हजार ६७ मत ल्याए ।

एमालेका सुरेन्द्र मानन्धर तेश्रो भए । उनले ४ हजार ३ सय २६ मत ल्याए । कीर्तिपुरमा एमालेलाई माओवादीले उछिनेको छ ।
निर्वाचन आयोगले औपचारिक रुपमा मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यसअघि ०७९ को स्थानीय तह निर्वाचनमा पनि उक्त नगरपालिकाम कांग्रेसले जितेको थियो । काँग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us