समाचार

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

२०८१ मंसिर १८ गते १८:४७

काठमाण्डु, १८ मंसिर– ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाण्डुमा भएको एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन...

प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिविहीनः प्रभु साह

२०८१ मंसिर १८ गते १८:१६

काठमाण्डु, १८ मंसिर– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन हुने देखिएको बताएका छन । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले एउटा एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ मंसिर १८ गते १७:५४

कैलाली, १८ मंसिर– कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका– ९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विक रहेकी छन । कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री अमृता विकको मंगलबार...

चितवनमा सकिएन रविको बयान

२०८१ मंसिर १८ गते १७:४४

काठमाण्डु, १८ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने बताइएको छ । सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद...

चीनले ५ अर्ब ६० करोड अनुदान दिने, थप नगद सहयोग पनि

२०८१ मंसिर १८ गते १७:३८

काठमाण्डु, १८ मंसिर– छिमेकी देश चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ । यो...

आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यकः सभामुख घिमिरे

२०८१ मंसिर १८ गते १६:५१

काठमाण्डु, १८ मंसिर- प्रतिनिधि सभाका सभामुख सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन । आज मंगलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । सभामुख घिमिरेले संसद् कानुन बनाउने थलो...

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबिच छलफल

२०८१ मंसिर १८ गते १६:४५

काठमाण्डु, १८ मंसिर– भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबिच द्विपक्षीय हितका विषयमा नयाँदिल्लीमा भेटवार्ता गरेका छन । उनीहरुबीच आज मंगलबार भेटवार्ता भएकबा भएको हो । भारतको नयाँदिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री...

भैरहवामा कतार एयरवेजको उडान स्थगित

२०८१ मंसिर १८ गते १६:३१

काठमाण्डु, १८ मंसिर– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित भएको छ । गएको २७ कार्तिकदेखि कतार एयरवेजले भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाण्डु–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो । आइतबारदेखि नयाँ उडानका लागि...

दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा राख्न अनुमति

२०८१ मंसिर १८ गते १५:५१

काठमाण्डु, १८ मंसिर– जिल्ला अदालत काठमाण्डुले राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाण्डुले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज मंगलबार प्रहरीलाई अनुमति दिएको हो । नेकपा...

काठमाण्डु–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ

२०८१ मंसिर १८ गते १५:१७

काठमाण्डु, १८ मंसिर– गएको १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनबाट निर्वाचित काठमाण्डु–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । आज मंगलबार काठमाण्डु महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो । रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

२०८१ मंसिर १८ गते १५:०५

काठमाण्डु, १८ मंसिर– सल्यानमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका– २ नारायण टाकुरा बस्ने ३६ वर्षीय नबिन कामी रहेको सल्यान प्रहरीले जानकारी दिएको छ । सल्यानको कुमाख गाउँपालिका–६ सेराटोलस्थित सडकमा लु.४ त ६६९४ नम्बरको ट्याक्टरबाट खसेर कामीको गए...

हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अभियान जनताले अनुमोदन गरे: अध्यक्ष प्रचण्ड

२०८१ मंसिर १८ गते १४:५९

काठमाण्डु, १८ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न स्थानमा बनेका गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई आफ्नो पार्टीले उच्च सम्मान गर्ने बताएका छन । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us