काठमाण्डु, १८ मंसिर– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन हुने देखिएको बताएका छन ।
नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले एउटा एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि हासिल नदेखिएको उनले बताएका छन चीन भ्रमणको दौरान आज प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित् ग्रेट हल अफ दि पिपलमा भएको भेटवार्तापछि जारी गरिएको ९ बुँदे सहमति तथा समझदारी पत्रपछि पूर्वमन्त्री साहले यस्तो टिप्पणी गरेका हुन ।
अध्यक्ष साहले प्रधानमन्त्री ओलीले भ्रमणअघि नै राजनीति गर्न खोजेपछि चिनियाँ पक्षले भाउ नदिएको पनि दाबी गरेका छन ।
उनले प्रधानमन्त्री ओलीले सुरुमा चीन भ्रमण भनेर नयाँ दिल्लीको भ्रमण गर्न चाहेको कुरा अहिले चीनले द्विपक्षीय सहमति तथा समझदारीमा खासै महत्त्व नदिनुले प्रस्ट भएको जिकिर गरे ।
साहले भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले कांग्रेसलाई खुसी तुल्याएर आफ्नो सत्ता–सुरक्षित राख्न बीआरआई कार्यान्वयनको सवालमा पछि हट्ने भनेर सम्झौता गरेको कारणले चीन उड्नु एक दिनअघि कांग्रेस र एमालेबीच सहमति भएको भनिएको ‘बीआरआई फ्रेमवर्क सहमति’ बारेपनि आजको भेटवार्तामा कुनै चर्चा हुन नसकेको आरोप लगाए ।