
उदयपुर, १७ मंसिर– उदयपुरको बेलका नगरपालिका ९ मा रोकिएको मतगणना फेरि सुरू भएको छ ।
उक्त वडामा माओवादी केन्द्रले सुरूआती अग्रता लिएको छ ।
माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे २ सय १८ मतसहित अगाडि छिन् ।
एमालेका मोहन खड्का १ सय ८७ मतसहित पछ्याइरहेका छन् । यस्तै कांग्रेसका नवराज बस्नेतले १ सय ४९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तेजमान विश्वकर्माले ३९ र राप्रपाका टीकाप्रसाद फुयालले १४ मत ल्याएका छन् ।
५ सय मत गणना गर्दा २ सय २० मत बदर भएपछि मतगणना रोकिएको थियो ।
प्रमुख जिल्ला अधिकारीसहित बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतगणना सुरु भएको हो । फेरि गणना गर्दा २ सय बदर मत घटेर जम्मा ९ मतमा झरेको छ ।