समाचार

एक करोड २५ लाखले चुनाव चाहेका छन्ः उप्रेती

२०७० भदौ ११ गते १३:५७

चितवन,  ११ भदौ– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एक करोड २५ लाख जनताले निर्वाचन चाहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको संवैधानिक र कानुनी अधिकार सुनिश्चितताका लागिसमेत निर्वाचन अपरिहार्य रहेको बताए । उनले विपक्षमा रहेका...

अझै ३५ बर्षसम्म एमाओवादीको हैकम चल्छ : सभापति कोइराला

२०७० भदौ ११ गते ११:४३

काठमाण्डु, ११ भदौ–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अझै तीन दशकभन्दा बढी एकीकृत नेकपा माओवादी नै ठूलो पार्टी हुने भविष्यवाणी गरेका छन् । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको १८ औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाण्डुमा भएको कार्यक्रममा उनले यस्तो भविष्यवाणी गरेका हुन् ।...

चुनावी वातावरण अझै सङलिएन : महासचिव पोखरेल

२०७० भदौ ११ गते १०:०८

काठमाण्डु, ११ भदौ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको वातावरण विग्रिएको टिप्पणी गरेका छन् । निर्वाचनमै सहभागी हुने दलले चुनाव हुन नदिन षडयन्त्र गरिरहेको उनको दावी छ । ‘तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने भए पनि अझै चुनावी वातावरण...

चुनाव दुई चरणमा गराउन विज्ञको सुझाव

२०७० भदौ ११ गते ९:४३

काठमाण्डु, ११ भदौ – आगामी संविधानसभा निर्बाचन दुई चरणमा गराउन विज्ञहरुले सुझाव दिएका छन् । चुनावमा सुरक्षा चुनौती रहेकोले दुई चरणमा चुनाव हुनुपर्ने उनीहरुको धारणा छ । काठमाण्डुमा मंगलबार भएको अन्तरक्रियामा पूर्व गृहसचिव गोविन्द कुसुमले सुरक्षाको दृष्टिकोणले पनि दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने...

मधेश स्वायत प्रदेश वा मधेश थरुहट प्रदेश : सदभावना

२०७० भदौ ११ गते ९:२०

काठमाण्डु, ११ भदौ । सदभावना पार्टी (महतोपक्ष) तराई मधेशमा दुईवटा राज्य बनाउन लचिलो भएको छ । मधेसी जनताले चाहेमा समग्र तराई मधेसमा दुईवटा प्रदेश बनाउन सकिने उसको धारणा छ । ‘हामी तराई मधेसमा एउटै प्रदेश हुनुपर्छ भन्नेमा छौं,’ सहहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘तर मधेसी...

धनकुटामा निजामती विद्यालय खुल्यो

२०७० भदौ ११ गते ९:१६

धनकुटा, ११ भदौ– निजामती कर्मचारीका छोराछोरी पढ्नका लागि धनकुटामा निजामती विद्यालय सुरु भएको छ । सल्लेरी वन क्षेत्रभित्र निर्माण भएको धनकुटा उद्योग वाणिज्य संघको भवनलाई भाडामा लिएर विद्यालय सुरु गरिएको हो । निजामती कर्मचारीका छोराछोरीका लागि ६० प्रतिशत र सर्वसाधारण नागरिकका ४० प्रतिशत छोराछोरीलाई...

सप्तरीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु

२०७० भदौ ११ गते ८:१५

सप्तरी, ११ भदौ । सप्तरीमा भएको सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कल्याणपुर–३ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ च ४९५ नम्बरको एम्बुलेन्स गए राति अनियन्त्रित भई पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ निवासी ३६ वर्षीया चन्द्रकला श्रेष्ठको डेढमहिने...

वाईसीएल मिथिला राज्य संयोजक पक्राउ

२०७० भदौ ११ गते ७:३३

सप्तरी, ११ भदौ । प्रहरीले एकीकृत नेकपा माओवादी निकट वाइसिएल मिथिला राज्य समिति संयोजक अरुण साहसहित पाँच जनालाई मंगलबार पक्राउ गरेको छ । एक महिनादेखि बेपत्ता भएका अहेव छेदीलाल साहको खोजीमा स्थानीय प्रशासनले सकृयता नदेखाएको विरोधमा पूर्वपश्चिम राजमार्ग अबरुद्ध गर्न खोज्ने साहसहित पाँचजनालाई प्रहरीले...

दोलखाका २० युवा पक्राउ

२०७० भदौ ११ गते ५:५५

चरिकोट, ११ भदौ–मदिरा सेवन गरी झगडा गर्ने करिब २० जना युवालाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखा बजारस्थित एक होटलमा तोडफोड र झडप गरी सुरक्षामा खलल पुर्याएको भन्दै ति युवाहरुलाई नियन्त्रणमा लिइएको हो । मदिरा सेवन गरेका दुई युवाको समूहबीच मंगलबार विहान २...

ढुंगाले लागेर मजदुरको मृत्यु

२०७० भदौ ११ गते ५:५१

चरिकोट, ११ भदौ – दोलखाको मार्वु गाविसस्थित ४० मेगावाट क्षमताको खानेखोला जलविद्युत् आयोजनामा कार्यरत ओखलढुङ्गा खिजिचन्डेश्वरी–५ का ताराबहादुर सुनुवारको मृत्यु भएको छ । आयोजनामा काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा लागेर उनको मृत्यु भएको हो । टाउकोमा ढुंगाले लागेर गम्भीर घाइते भएका...

कर्मचारी कुटीएपछि चमेलियाको काम ठप्प

२०७० भदौ ११ गते ५:०५

दार्चुला, ११ भदौ – असुरक्षाको कारण देखाउँदै सदूरपश्चिमकै ठूलो चमेलिया जलविद्युत आयोजनाले काम बन्द गरेको छ । नेकपा–माओवादीका कार्यकर्ताले परामर्शदाता संस्थाका कर्मचारीलाई हातपात गरेपछि आयोजनाले काम रोकेको हो । दार्चुलाका माओवादी कार्यकर्ताले परामर्शदाता कम्पनी साह सिल्ट जेभीका साइड इन्चार्ज खिलानन्द ठाकुरलाई चन्दा नदिएको भन्दै...

म्यानचेष्टर र चेल्सीले गोलरहित बराबरी खेले

२०७० भदौ ११ गते ५:०३

काठमाण्डु, ११ भदौ– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार म्यानचेष्टर युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । ओल्ड ट्राफडमा सोमबार राति भएको खेलमा म्यानचेष्टर र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टिमले गोल गर्ने अवसरबाट कयौंपटक चुकेका थिए । नयाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us