समाचार

कर्मचारी समात्ने अख्तियारले भन्यो, ‘अरु कर्मचारी व्यवस्था गर’

२०७० भदौ १२ गते १०:२७

काठमाण्डु, १२ भदौ – भ्रष्टाचार अभियोगमा धमाधम कर्मचारीहरु पक्राउ परेपछि बिभिन्न सरकारी कार्यालयमा कर्मचारी अभाव भएको छ । वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी अभाव भएका हुन् । कर्मचारी अभावले नियमित काम प्रभावित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान विभागले तुरुन्त कर्मचारी...

सबै नेपालीको आस्थाको केन्द्र एमाओवादी : प्रचण्ड

२०७० भदौ १२ गते ९:२६

काठमाण्डु, १२ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेपाली जनताको चाहना पूरा गर्न आफ्नो पार्टीमात्र सक्षम रहेको दावी गरेका छन् । जनताको आस्थाको केन्द्र एकीकृत माओवादी नै भएको उनको धारणा छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन...

अधिकारी दम्पती आइसीयुमा

२०७० भदौ १२ गते ९:१२

काठमाडौँ, १२ भदौ– सशस्त्र द्वन्द्वको क्रममा विद्रोही पक्षबाट मारिएका आफ्ना छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसनमा बस्दै आएका गोरखा फुजेलका गंगामाया अधिकारी र नन्दप्रसाद अधिकारीको स्वास्थ्यस्थिति नाजुक भएपछि आइसीयुमा राखिएको छ । विगत २८ दिनदेखि वीर अस्पतालमा अनशन बस्दै आएका अधिकारी दम्पतीको स्वास्थ्यस्थिति...

काँग्रेस गोरखामा ६४ जना उम्मेदवार !

२०७० भदौ १२ गते ६:४८

गोरखा, १२ भदौ– गोरखा जिल्लाबाट ६४ जना काँग्रेस नेताहरुले आगामी निर्बाचनमा उम्मेदवार हुन इच्छा देखाएका छन् । गोरखामा तीन निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र समानुपातिक गरी ६४ जनाले उम्मेदवार हुनका लागि इच्छा देखाएको काँग्रेस गोर्खाले जनाएको छ । गोरखा क्षेत्र नम्बर १ मा...

चाडपर्वको मुखमा दार्चुलामा खाद्यान्न संकट

२०७० भदौ १२ गते ६:४५

दार्चुला, १२ भदौ– दार्चुला जिल्लाको खलङ्गा र आसपासका २४ गाविसमा खाद्यान्न संकट भएको छ । असार पहिलो साता र साउन अन्तिम साताको बाढी पहिरोले सडक भत्काएपछि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव चर्किएको हो । गत असार २७ गतेदेखि जिल्लामा ढुवानी रोकिएकोले खाद्यान्न संकट भएको...

सहमतिको प्रयास जारी राख्ने उच्चस्तरीय समितिको निर्णय

२०७० भदौ १२ गते ४:१२

काठमाण्डु, १२ भदौ– उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसहितका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन कोशिस जारी राख्ने भएको छ । बुधबार विहान बसेको समिति बैठकले सहमतिका लागि अन्तिम समयसम्म  प्रयास जारी राख्ने निर्णय गरेको हो । समिति संयोजक तथा काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको...

गाडीको ठक्करबाट एकजनाको मृत्यु

२०७० भदौ १२ गते ४:१०

सिराहा, १२ भदौ– सिराहाको हसनपुरमा गाडिको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।...

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

२०७० भदौ १२ गते ४:०७

काठमाण्डु, १२ भदौ– हिन्दू धर्मावलम्वीले कृष्ण जन्माष्टमी पर्व बुधबार भगवान कृष्णको पूजाआजा गरी मनाउदै छन् । पाटनको मङ्गलबजार लगायतका देशभरका कृष्ण मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । राष्ट्रपति रामवरण यादवले पनि बुधबार विहान पाटन कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेका छन्...

पूर्वी नेपालका सीमाक्षेत्रमा खाद्यान्न अभाव

२०७० भदौ १२ गते ३:५०

ईलाम, १२ भदौ–छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै विगत २६ दिनदेखि दार्जिलिङ बन्द भएपछि सीमा क्षेत्र इलामका नेपाली नागरिकलाई खाद्यान्नको समस्या भएको छ । भारतीय बजारमा निर्भर सीमा क्षेत्रका बासिन्दा सीमापारिबाट खाद्यान्न आउन छाडेपछि समस्यामा परेका छन् । सीमा क्षेत्रका गाविस जोगमाई, गोर्खे, पशुपतिनगर, जमुना,...

सुरक्षा चुनौती माथि गम्भीर समीक्षा

२०७० भदौ ११ गते १५:०७

काठमाण्डु ११ भदौ–चार वटै सुरक्षा निकाय परिचालन गरेर भएपनि संबिधानसभाको दोस्रो निर्वाचन मंसिर ४ मा गराउने दृढता व्यक्त गर्दै आएको सरकारले सुरक्षा चुनौतीका वारेमा गम्भीर समीक्षा गरेको छ । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा मंगलवार भएको छलफलमा त्यस्तो सुरक्षा चुनौतीको समीक्षा...

एमाओवादी निष्कर्षः आफू पहिलो, काँग्रेस दोस्रो र एमाले तेस्रो

२०७० भदौ ११ गते १४:२३

काठमाण्डु, ११ भदौ– एकीकृत नेकपा माओवादीले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो, काँग्रेस दोस्रो, एमाले तेस्रो र क्षेत्रीय शक्तिका रुपमा रहेको मधेसी मोर्चा चौथो हुने दाबी गरेको छ । एक महिने जनसम्बन्ध अभियानको समीक्षा र चुनावी रणनीति तय गर्न मंगलबारबाट सुरु केन्द्रीय समिति बैठकमा...

राईसँग हुने भनिएको निर्णायक वार्ता विफल

२०७० भदौ ११ गते १४:२२

काठमाण्डु, ११ भदौ – उच्चस्तरीय राजनीतिक समिति र निर्वाचन प्रक्रियामा असहमत अशोक राई नेतृत्वको मोर्चाबीच मंगलबार हुने भनिएको निर्णायक वार्ता औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको छ । समिति सदस्यहरु एमाले अध्यक्ष झलनाथ खनाल, फोरम फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिक अध्यक्ष विजय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us