राईसँग हुने भनिएको निर्णायक वार्ता विफल

काठमाण्डु टुडे २०७० भदौ ११ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, ११ भदौ – उच्चस्तरीय राजनीतिक समिति र निर्वाचन प्रक्रियामा असहमत अशोक राई नेतृत्वको मोर्चाबीच मंगलबार हुने भनिएको निर्णायक वार्ता औपचारिकतामा ashok raiप्रवेशै नगरी स्थगित भएको छ ।
समिति सदस्यहरु एमाले अध्यक्ष झलनाथ खनाल, फोरम फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारको अनुपस्थितिका कारण वार्ता बिनानिष्कर्ष सकिएको हो । वार्ताका लागि एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति सुशील कोइराला सहयोगी नेताहरुका साथ नयाँबानेश्वरस्थित समिति कार्यालय पुगेका थिए ।

वार्तास्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले गृहकार्य गरी केही दिनभित्रै निर्णायक वार्ता हुने बताए ।
संघीय समाजवादीले उठाएका अधिकांश माग उपेन्द्र यादव नेतृत्वको फोरमसँगको सहमतिमा सम्बोधन भइसकेका छन् । उसले उच्चस्तरीय राजनीतिक समिति खारेजी वा पुनर्गठन, सरकार विस्तार, संविधानसभामा समानुपातिक प्रतिनिधित्व वृद्धि र विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिइनुपर्ने लगायत माग राख्दै आएको छ । तीमध्ये विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने माग मात्र सम्बोधन हुन बाँकी छ ।

आफ्ना मागलाई चुनावी नारा बनाएर जनतामा जाने तयारी गरेको संघीय समाजवादी फोरमसँग एक्ले सहमति गरेको भन्दै उच्चस्तरीय समितिसँग रुष्ट छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us