सुरक्षा चुनौती माथि गम्भीर समीक्षा

काठमाण्डु टुडे २०७० भदौ ११ गते १५:०७ मा प्रकाशित

काठमाण्डु ११ भदौ–चार वटै सुरक्षा निकाय परिचालन गरेर भएपनि संबिधानसभाको दोस्रो निर्वाचन मंसिर ४ मा गराउने दृढता व्यक्त गर्दै आएको सरकारले सुरक्षा चुनौतीका वारेमा गम्भीर समीक्षा गरेको छ । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा मंगलवार भएको छलफलमा त्यस्तो सुरक्षा चुनौतीको समीक्षा भएको हो ।
छलफलमा अध्यक्ष रेग्मी,गृहमन्त्री तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे,नेपाल प्रहरीका प्रमुख कुवेरसिंह राना,सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त,प्रधानसेनापति गौरवशम्सेर राणा,राष्ट्रिय अनुसन्धानका प्रमुख मोति गुरुङ,गृहसचिव नविन घिमिरे लगायत सहभागी थिए । सरकारले मतदानकेन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीले पहिलो घेरा,सशस्त्र प्रहरीले दोस्रो घेरा र नेपाली सेनाले तेस्रो घेरामा सुरक्षा व्यवस्था मिलाउने तयारी गरिरहेको छ । अध्यक्ष रेग्मी र गृहमन्त्री घिमिरे वीच मंगलवार सिंहदरवारमा पनि निर्वाचनको सुरक्षाका वारेमा छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us