काँग्रेस गोरखामा ६४ जना उम्मेदवार !

काठमाण्डु टुडे २०७० भदौ १२ गते ६:४८ मा प्रकाशित

गोरखा, १२ भदौ– गोरखा जिल्लाबाट ६४ जना काँग्रेस नेताहरुले आगामी निर्बाचनमा उम्मेदवार हुन इच्छा देखाएका छन् । गोरखामा तीन निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र समानुपातिक गरी ६४ जनाले उम्मेदवार हुनका लागि इच्छा देखाएको काँग्रेस गोर्खाले जनाएको छ ।

गोरखा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ ८ र समानुपातिकमा १०, क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा १२ तथा क्षेत्र नम्बर ३ मा २४ जनाले उम्मेदवार हुने इच्छा व्यक्त गरेका हुन् ।

यही भदौ १८ गते बस्ने क्षेत्रीय समितिको बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जना प्रत्यक्ष र पाँच जना समानुपातिक उम्मेदवार छनोट गरी केन्द्रमा पठाउने नेपाली काँग्रेस गोरखाका उपसभापति मोहन पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us