कलैया, १३ भदौ–तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ गते नै संविधानसभा चुनाव हुने बताएका छन् । विहीबार बारामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले– नेकपा–माओवादीसमेत अन्य दलले निर्वाचनमा भाग नलिए पनि निर्वाचन हुन कसैले रोक्न नसक्ने जिकीर गरे । निर्वाचनको...
पोखरा, १३ भदौ– असन्तुष्ट दल सहमतिमा आउने निश्चित भए निर्बाचन कार्यतालिका सामान्य हेरफेर गर्न निर्वाचन आयोग तयार भएको छ । तर मंसिर चार गतेको चुनावमा भने कुनै प्रकारको सम्झौता नगर्ने आयोगको भनाइ छ । ‘मंसिर चारको चुनाव प्रभावित नहुने गरी केही विषयमा तलमाथि गर्न...
काठमाण्डु, १३ भदौ– नेपाल सद्भावना पार्टी (आनन्ददेवी)ले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । वार्ताटोलीको नेतृत्व रामवरण यादवले गरेका छन् ।...
ललितपुर, १३ भदौ – ललितपुरको इमाडोल १ बंगला गाउँस्थित एक कपास कारखानामा आगलागी भएको छ । प्रवेश आलमको कपास कारखानामा आगलागि भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका ४ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट ३ हजार...
काठमाण्डु, १३ भदौ– नेपाल–भारत सीमाक्षेत्रबाट भारतका मोष्टवान्टेड यासिन भटकल पक्राउ परेका छन् । भारतीय गृहमन्त्री सुशील कुमार शिन्धेले यसको पुष्टि गरेका छन् । नयाँदिल्लीमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री सिन्धेले भनका छन्, ‘विहार–नेपालको सीमा क्षेत्रबाट भटकल बुधबार राती पक्राउ परेका छन्, पुलिसको हिरासतमा रहेका भटकलसँग...
हेटौडा, १३ भदौ– निजी विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि मकवानपुरका बीस हजार बढी विद्यार्थीको पढाई प्रभावित भएको छ । १८ प्रतिशत तलब बृद्धि गर्नुपर्नेलगायत १० बुँदे माग राख्दै मकवानपुरका निजी विद्यालयका शिक्षकहरुले एक महिना अघिदेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनका कार्यक्रम अनुसार उनीहरुले पाँच...
काठमाण्डु, १३ भदौ–छोराको हत्यारामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशन बस्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनसन फिर्ता लिन सरकारले आग्रह गरेको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले अधिकारी दम्पतिलाई विहीबार विहान भेटेर अनशन फिर्ता लिन आग्रह गरेका हुन् । वीर...
काठमाण्डु, १३ भदौ– विद्यालय तहमा स्थायी शिक्षक छनौटका लागि शिक्षक सेवा आयोगले गत जेठ ९ गते देखि ११ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सावर्जनिक गर्न ढिलाइ हुने भएको छ । दोस्रो संविधानसभा निर्वाचनका कारण आयोगले मंसिर ४ पछि मात्र नतिजा सार्वजनिक गर्ने भएको हो...
काठमाण्डु, १२ भदौ– एकीकृत नेकपा माओवादीको मंगलबारदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले पार्टीको आन्तरिक अवस्था सुदृढ गर्न सुझाव दिएका छन् । पार्टीको एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानको नेतृत्व गरेर फर्किएका उनीहरुले आन्तरिक र व्यस्थापन मजबुत भए आसन्न संविधानसभा निर्वाचनमा पार्टीको जित निश्चित भएको...
मोरङ, १२ भदौ– एमाले नेता प्रदीप ज्ञवालीले आसन्न संविधानसभा निर्वाचनमा १ सय ६ क्षेत्रमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । पार्टीको मोरङ जिल्ला कमिटीले बुधबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा प्रत्यक्षतर्फ २ सय ४० मध्ये १ सय ६ निर्वाचन क्षेत्रमा आफूहरुले जित्ने दाबी गरेका...
काठमाडौँ, १२ भदौ– उच्चस्तरीय राजनीतिक समिति र सरकार आफ्नो एजेण्डामा गोलमेच सम्मेललनका लागि तयार नभएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले राष्ट्रपति रामवरण यादवलाई गुहार्ने भएको छ । नेकपा–माओवादीको बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी मोर्चाले समस्या समाधानका लागि राष्ट्रपतिले अग्रसरता लिनुपर्ने बताएको...
काठमाण्डु, १२ भदौ–बर्डफ्लुको आक्रान्त पारेपछि सरकारले काठमाडौं उपत्यकामा धमाधम कुखुरा मार्ने अभियान शुरु गर्यो । सबैभन्दा बढी कुखुरा भक्तपुरमा मारियो । व्यवसायिका फर्मका कुखुरा सबै सिद्धिएपछि अब घरमा पालिएका कुखुरा मार्ने क्रम बिहीबारबाट शुरु हुँदै छ । लाखौं लगानी गरेका कुखुरा व्यवसायी सरकारको अभियान...