२ सय ४० मध्ये १ सय ६ एमालेले जित्ने दाबी

काठमाण्डु टुडे २०७० भदौ १२ गते १२:१२ मा प्रकाशित

मोरङ,  १२ भदौ– एमाले नेता प्रदीप ज्ञवालीले आसन्न संविधानसभा निर्वाचनमा १ सय ६ क्षेत्रमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।
pradip gyawaliपार्टीको मोरङ जिल्ला कमिटीले बुधबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा प्रत्यक्षतर्फ २ सय ४० मध्ये १ सय ६ निर्वाचन क्षेत्रमा आफूहरुले जित्ने दाबी गरेका हुन् । उनले गत संविधानसभा निर्वाचनमा हारको कारणबारे पार्टीमा समीक्षा भएको बताए ।
विगतका कमजोरीबाट पाठ सिकिएको हुनाले यसपटक एमाले मुलुकको पहिलो पार्टी हुने दाबी उनको छ । अर्को एक बेग्लै प्रसंगमा नेता ज्ञवालीले नेकपा–माओवादीको निर्वाचन बिथोल्ने हैसियत नरहेको दाबी गरे ।

े ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us