भित्र मिल्नुपर्छ, बाहिर जितिन्छः माओवादी

काठमाण्डु टुडे २०७० भदौ १२ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– एकीकृत नेकपा माओवादीको मंगलबारदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले पार्टीको आन्तरिक अवस्था सुदृढ गर्न सुझाव दिएका छन् ।
Perisdadaपार्टीको एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानको नेतृत्व गरेर फर्किएका उनीहरुले आन्तरिक र व्यस्थापन मजबुत भए आसन्न संविधानसभा निर्वाचनमा पार्टीको जित निश्चित भएको बताएका हुन् । बुधबारको बैठकमा अवध, भोजपुरा, मिथिला र ताम्शालीङ राज्य समितिका ६९ जनाले रिपोर्ट प्रस्तुत गरेका थिए । प्रवक्ता अग्नि सापकोटाका अनुसार रिपोर्टकर्ताले तराई–मधेसमा पार्टीको अवस्थामा सुधार आएको बताएका थिए ।

केन्द्रीय सदस्य लक्की शेर्पाले जनसम्बन्ध अभियानले जिल्लातहका नेता कार्यकर्तामा उत्साह थपेको बताइन् । उनका अनुसार बैठकमा बोल्ने अधिकांश सदस्यले आन्तरिक पार्टी पंक्तिलाई सुदृढ गरी निर्वाचनमा होम्न सके मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नै पार्टीको काँधमा आउने बताएका थिए । शेर्पाले त्यसका लागि पार्टीले जित्ने उम्मेद्वारलाई प्रत्यक्ष निर्वाचनमा मौका दिनुपर्ने धारणा व्यक्त गरिन् । बैठकमा बिहीबार बिहान ११ बजे पुनः बस्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us