ललितपुरको इमाडोलस्थित कपास कारखानामा आगलागी

काठमाण्डु टुडे २०७० भदौ १३ गते ६:३५ मा प्रकाशित

ललितपुर, १३ भदौ – ललितपुरको इमाडोल १ बंगला गाउँस्थित एक कपास कारखानामा आगलागी भएको छ । प्रवेश आलमको कपास कारखानामा आगलागि भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका ४ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीबाट ३ हजार क्वीन्टल कपास जलेर नष्ट भएको अनुमान छ । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । विद्युत शर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us