उम्मेदवारी दर्ता गर्ने दिन हडताल घोषणा

काठमाण्डु टुडे २०७० भदौ १२ गते १२:०२ मा प्रकाशित

काठमाडौँ, १२ भदौ– उच्चस्तरीय राजनीतिक समिति र सरकार आफ्नो एजेण्डामा गोलमेच सम्मेललनका लागि तयार नभएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले राष्ट्रपति रामवरण यादवलाई गुहार्ने भएको छ ।

mohan-baidyaनेकपा–माओवादीको बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी मोर्चाले समस्या समाधानका लागि राष्ट्रपतिले अग्रसरता लिनुपर्ने बताएको हो । पत्रकार सम्मेनअघि मोर्चाको बैठक माओवादी कार्यालयमै बसेको थियो । पत्रकार सम्मेलनमा माओवादी सचिव देव गुरुङले सरकार र उच्चस्तरीय समितिलाई गोलमेच सम्मेलनका लागि मनाइदिन आग्रह गर्दै बिहीबार राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाइने बताए । उनले एक मात्र वैधानिक संस्थाका हिसाबले गेलमेचका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न राष्ट्रपति लाई आग्रह गर्न लागिएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा उनले आफूहरु राष्ट्रिय सहमतिका लागि गम्भीर रहेको भन्दै आफ्ना मागमा पुनर्विचार गर्न उच्चस्तरीय समिति र सरकारलाई आग्रह गरे । उनले सबै तयारी पूरा भएर अन्तिममा गोलमेच सम्मेलन हुन नसक्नुमा बाह्य शक्तिको चलखेलले काम गरेको दाबी गरे ।
मोर्चाले यथास्थितिमा निर्वाचन भए सशक्त बहिस्कार गर्ने चेतावनी दिएको छ । त्यसका लागि आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारी दर्ता गर्ने दिनमा मोर्चाले नेपाल बन्दको आब्हान गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी भदौ २६ देखि ३१ गतेसम्म क्षेत्रगत बन्द आह्वान गरिएको छ । भदौ २६ गते उपत्यका, २७ गते पूर्वीक्षेत्र, गते २८ सुदूरपश्चिम, ३० गते पूर्वी तराई, ३१ गते मध्यपश्चिम र असोज १ गते मध्यपहाडी क्षेत्र बन्दको कार्यक्रम राखिएको छ ।

यस्तै असोज ९ र १० नेपाल बन्द गर्ने मोर्चाले जनाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज १० गते संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ताको दिन हो ।  यस्तै २ मा जनकपुर र बुटवल, असोज ३ मा चितवन र इटहरी ४ मा वीरगञ्ज र धनगढी तथा असो ७ मा पोखरा र काठमाडौँमा जनसभा गर्ने निर्णय मोर्चाले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us