मोष्ट वान्टेड यासिन भटकल नेपाल–भारत सीमाबाट गिरफ्तार

काठमाण्डु टुडे २०७० भदौ १३ गते ६:३४ मा प्रकाशित

Yasin-Bhatkalकाठमाण्डु, १३ भदौ– नेपाल–भारत सीमाक्षेत्रबाट भारतका मोष्टवान्टेड यासिन भटकल पक्राउ परेका छन् । भारतीय गृहमन्त्री सुशील कुमार शिन्धेले यसको पुष्टि गरेका छन् ।
नयाँदिल्लीमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री सिन्धेले भनका छन्, ‘विहार–नेपालको सीमा क्षेत्रबाट भटकल बुधबार राती पक्राउ परेका छन्, पुलिसको हिरासतमा रहेका भटकलसँग सोधपुछ जारी छ ।’

उनी भारतीय मुजाहिदीन समूहका संस्थापक मध्यका एक हुन् । सन् २०११ मा नयाँदिल्ली हाईकोर्ट बाहिर भएको बम विष्फोटमा उनकै संलग्नता थियो । सो बम बिष्फोटमा १२ जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us