शिक्षक सेवा आयोगको नतिजा आउन ढिलाइ हुने

काठमाण्डु टुडे २०७० भदौ १३ गते ०:३३ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– विद्यालय तहमा स्थायी शिक्षक छनौटका लागि  शिक्षक सेवा आयोगले गत जेठ ९ गते देखि ११ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सावर्जनिक गर्न ढिलाइ हुने भएको छ ।
ssदोस्रो संविधानसभा निर्वाचनका कारण आयोगले मंसिर ४ पछि मात्र नतिजा सार्वजनिक गर्ने भएको हो । शिक्षा ऐनअनुसार परीक्षा सम्पन्न गरेको ६ महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने उल्लेख छ । अर्थात आयोगले कात्तिकभित्र नतिजा सार्वजनिक गर्नुपर्ने हुन्छ ।

‘मुलुकमा निर्वाचनको महायज्ञ चलेको छ आयोगलाइ सम्पूर्ण तयारी गर्न कात्तिक मसान्तसम्म लाग्छ त्यसैले नतिजा मंसिर ४ पछि सार्वजनिक गर्छौं’,आयोग अध्यक्ष उदयराज सोतीले भने । माध्यामिक, निम्न माध्यामिक र प्राथामिक तह गरी कुल १३ हजार ५९ पदका लागि १७ वर्षपछि  खुलेको आयोगको परीक्षामा देशभरका १८ सय ३४ केन्द्रबाट ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

स्वच्छ र निष्पक्ष रुपमा नतिजा प्रकाशन गर्न दक्ष जनशक्तिलाई तालिम प्रदान गरी उत्तरपुस्तिका जान्ने काम तीव्ररुपमा भइरहेको आयोगले जनाएको छ । यसअघि २०५२ सालमा आयोगले लिएको परीक्षाको नतिजा २०६० सालमा प्रकाशन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us