कलैया, १३ भदौ–तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ गते नै संविधानसभा चुनाव हुने बताएका छन् ।
विहीबार बारामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले– नेकपा–माओवादीसमेत अन्य दलले निर्वाचनमा भाग नलिए पनि निर्वाचन हुन कसैले रोक्न नसक्ने जिकीर गरे ।
निर्वाचनको वातावरण बनाउन सबै नेपालीलाई उनले आग्रहसमेत गरेका छन् ।