शिक्षक आन्दोलनले २० हजार बढी विद्यार्थी पढ्नबाट बन्चित

काठमाण्डु टुडे २०७० भदौ १३ गते ५:०२ मा प्रकाशित

Nepali-Studentsहेटौडा, १३ भदौ– निजी विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि मकवानपुरका बीस हजार बढी विद्यार्थीको पढाई प्रभावित भएको छ । १८ प्रतिशत तलब बृद्धि गर्नुपर्नेलगायत १० बुँदे माग राख्दै मकवानपुरका निजी विद्यालयका शिक्षकहरुले एक महिना अघिदेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका कार्यक्रम अनुसार उनीहरुले पाँच दिनदेखि सबै निजी विद्यालयमा पठनपाठन ठप्प पारेका छन् । मकवानपुरमा ७३ निजी विद्यालयमा २० हजार बढी विद्यार्थी रहेको अनुमान छ ।

नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (नेपाल–ईस्टु) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आन्दोलनको अगुवाइ गरेका छन् । माग पूरा गराउन दवाव दिने उद्देश्यले नेपाल–ईस्टुकी केन्द्रीय सदस्य करुणा थापा र शिक्षक दिपक गिरी आमरण अनशनमा बसेका छन् ।

मकवानपुरका निजी विद्यालयमा एक हजार पाँच सय शिक्षक कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us