सबै नेपालीको आस्थाको केन्द्र एमाओवादी : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ १२ गते ९:२६ मा प्रकाशित

Prachandaकाठमाण्डु, १२ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेपाली जनताको चाहना पूरा गर्न आफ्नो पार्टीमात्र सक्षम रहेको दावी गरेका छन् । जनताको आस्थाको केन्द्र एकीकृत माओवादी नै भएको उनको धारणा छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकीकृत माओवादीप्रतिको जनताको विश्वास र चाहना पूरा गर्ने जिम्मेवारीसँग चुनौती पनि बढेको बताए ।

‘सबै नेपाली जनताको आस्थाको केन्द्र एकीकृत माओवादी हो,’ अहिले सबैको आकर्षण यसमै बढेको छ,’ काँग्रेस नेता कार्यकर्ताहरुलाई बुधबार पार्टी प्रवेश गराउँदै उनले भने, ‘अरु दलप्रति जनताको आशा भरोशा छैन ।’ अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दैै पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा महोत्तरी जिल्लाका नेपाली काँग्रेसका नेता लालबाबु यादवसहित एकदर्जन नेता–कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us