काठमाण्डु, १२ भदौ– उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसहितका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन कोशिस जारी राख्ने भएको छ ।
बुधबार विहान बसेको समिति बैठकले सहमतिका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो ।
समिति संयोजक तथा काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै एमाले नेता रघु पन्तले माओवादी नेतृत्वको मोर्चालगायत सबै असन्तुष्ट दलसँग सहमति प्रयास जारी राख्ने बताए । ‘छलफलबाटै निष्कर्ष निकाल्न उच्चस्तरीय समिति प्रतिबद्ध छ,’ पन्तले भने, ‘वार्ताको ढोका खुला छ ।’