कर्मचारी समात्ने अख्तियारले भन्यो, ‘अरु कर्मचारी व्यवस्था गर’

काठमाण्डु टुडे २०७० भदौ १२ गते १०:२७ मा प्रकाशित

akhtiyarकाठमाण्डु, १२ भदौ – भ्रष्टाचार अभियोगमा धमाधम कर्मचारीहरु पक्राउ परेपछि बिभिन्न सरकारी कार्यालयमा कर्मचारी अभाव भएको छ । वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी अभाव भएका हुन् ।

कर्मचारी अभावले नियमित काम प्रभावित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान विभागले तुरुन्त कर्मचारी खटाउन सम्बद्ध मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समयमानै पर्याप्त कर्मचारी पठाउन श्रम तथा रोजगार, गृह र ऊर्जा मन्त्रालयका सचिवका साथै कर्मचारी अभाव भएका कार्यालयका प्रमुखलाई बुधबार पत्राचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र वैदेशिक रोजगार विभागका कर्मचारी भ्रष्टाचार अभियोगमा पक्राउ परेपछि कर्मचारीको अभावमासास्ती झेल्नु परेका सेवाग्राहीले गुनासो गदै आएका छन् । ‘सेवाग्राहीको गुनासो आएकाले तत्काल आवश्यक जनशक्तिको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको हो,’ आयोगका प्रवक्ता श्रीधर सापकोटाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us