
सिराहा, १२ भदौ– सिराहाको हसनपुरमा गाडिको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
ना ३ ख ५४४५ नम्बरको बसबाट ओर्लिएर शौंच गर्न निस्किएकोबेला अर्को गाडिले ठक्कर दिदा जोगिदह ९ का सन्देश श्रेष्ठको मृत्यु भएको हो । गाडीको ठक्करबाट साबित्रा प्रधान घाइते हुनु भएको छ । उहाँको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।