पूर्वी नेपालका सीमाक्षेत्रमा खाद्यान्न अभाव

काठमाण्डु टुडे २०७० भदौ १२ गते ३:५० मा प्रकाशित

ईलाम, १२ भदौ–छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै विगत २६ दिनदेखि दार्जिलिङ बन्द भएपछि सीमा क्षेत्र इलामका नेपाली नागरिकलाई खाद्यान्नको समस्या भएको छ । भारतीय बजारमा निर्भर सीमा क्षेत्रका बासिन्दा सीमापारिबाट खाद्यान्न आउन छाडेपछि समस्यामा परेका छन् ।

सीमा क्षेत्रका गाविस जोगमाई, गोर्खे, पशुपतिनगर, जमुना, माबु, प्याङ, माईमझुवा क्षेत्रका बासिन्दालाई खाद्यान्न समस्या भएको हो । भारतबाट सीमा क्षेत्रबाट खाद्यन्न सामग्री नआउँदा पशुपतिनगर, मानेभञ्ज्याङ, मेघ्मा, छब्बिसेलगायतका बजार सुनसान बनेका छन् ।

सीमा क्षेत्रका बासिन्दाले चामल, नुन, तेल, दाललगायत दैनिक उपभोग्य सामग्री भारतीय बजारबाट ल्याउँदै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us