सप्तरीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ ११ गते ८:१५ मा प्रकाशित

सप्तरी, ११ भदौ । सप्तरीमा भएको सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कल्याणपुर–३ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ च ४९५ नम्बरको एम्बुलेन्स गए राति अनियन्त्रित भई पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ निवासी ३६ वर्षीया चन्द्रकला श्रेष्ठको डेढमहिने बालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् । पचास वर्षीय भूपनारायण श्रेष्ठ, ३६ वर्षीया चन्द्रकला श्रेष्ठ र ६० वर्षीय सोमनारायण श्रेष्ठ घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ विराटनगरस्थित नोबेल अस्पताल पठाइएको तथा चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा रहेको जनाइएको छ ।

यसैगरी कदमाहा गाईघाट सडकखण्डअन्तर्गत पिप्रा पश्चिम–२ मा ना ४ ख ३०३८ नम्बरको ट्यांकरले ठक्कर दिदा स्थानीय २३ वर्षीय भोला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us