
चरिकोट, ११ भदौ – दोलखाको मार्वु गाविसस्थित ४० मेगावाट क्षमताको खानेखोला जलविद्युत् आयोजनामा कार्यरत ओखलढुङ्गा खिजिचन्डेश्वरी–५ का ताराबहादुर सुनुवारको मृत्यु भएको छ । आयोजनामा काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा लागेर उनको मृत्यु भएको हो ।
टाउकोमा ढुंगाले लागेर गम्भीर घाइते भएका सुनुवारको उपचारका लागि काठमाण्डु लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनुवारको शव परीक्षणका लागि जिल्ला अस्पताल चरीकोटको शवगृहमा राखिएको छ ।