वाईसीएल मिथिला राज्य संयोजक पक्राउ

काठमाण्डु टुडे २०७० भदौ ११ गते ७:३३ मा प्रकाशित

सप्तरी, ११ भदौ । प्रहरीले एकीकृत नेकपा माओवादी निकट वाइसिएल मिथिला राज्य समिति संयोजक अरुण साहसहित पाँच जनालाई मंगलबार पक्राउ गरेको छ । एक महिनादेखि बेपत्ता भएका अहेव छेदीलाल साहको खोजीमा स्थानीय प्रशासनले सकृयता नदेखाएको विरोधमा पूर्वपश्चिम राजमार्ग अबरुद्ध गर्न खोज्ने साहसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय राजविराज राखिएको छ ।

खोक्सर प्रवाहा गाविस निवासी वरिष्ठ अहेव साह ताप्लेजुङको महाश्रीङ इलाका स्वास्थ्यचौकीबाट सदरमुकाम फुङ्लिङबाट गोष्ठी सकेर कार्यक्षेत्र फर्किने क्रममा गत असार २५ गतेदेखि बाटोबाटै बेपत्ता थिए ।

साह बेपत्ता भएपछि स्थिति सार्वजनिक गर्न माग गर्दै ताप्लेजुङस्थित विभिन्न स्वास्थ्यसम्बद्ध कर्मचारी सङ्गठनले गत साउन ७ गते नै त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाए पनि स्थानीय प्रशासनले उहाँको खोजतलासका लागि खासै कुनै प्रयास नगरेको परिवारका सदस्यहरुले गुनासो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us