म्यानचेष्टर र चेल्सीले गोलरहित बराबरी खेले

काठमाण्डु टुडे २०७० भदौ ११ गते ५:०३ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार म्यानचेष्टर युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।
chelsea-manchesterओल्ड ट्राफडमा सोमबार राति भएको खेलमा म्यानचेष्टर र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टिमले गोल गर्ने अवसरबाट कयौंपटक चुकेका थिए । नयाँ प्रशिक्षकसहित मैदानमा उत्रिएका दुवै टिमले खेलअघि आफूले बाजी मार्ने दाबी गरेका थिए । चेल्सीले जोसे मोरिन्हो र म्यानचेस्टरले डेभिड मोयलाई आफ्नो प्रशिक्षकका रुपमा भित्र्याएको छ ।
लिगअन्तर्गत म्यानचेष्टर र चेल्सीबीच अहिलेसम्म ४३ खेल भएका छन् । जसमा चेल्सीले १४ र म्यानयुले १३ खेल जितेका छन् भने १६ खेल बराबरीमा सकिएका छन् । खेल बराबरीमा रोकिएसँगै चेल्सी ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा र दुई खेल खेलेको म्यानयु ४ अंकका साथ चौथो स्थानमा छ । खेलमा दुवै टोलीका समर्थकको नजरमा वायन रुनी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us